४० हजारको पछि लाग्दा यसरी फसे उपसचिव लालबाबु शाह

<p>काठमाडौं । ४० हजारको पछि लाग्दा नेपाल सरकारको उपसचिव जस्तो पदका लालबाबु साह फसेका छन् । शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख लालबाबु साह घुस चक्करमा अख्तियार फन्दामा परेका हुन् । विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैङ्कमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेपछि [&hellip;]</p>

काठमाडौं । ४० हजारको पछि लाग्दा नेपाल सरकारको उपसचिव जस्तो पदका लालबाबु साह फसेका छन् । शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख लालबाबु साह घुस चक्करमा अख्तियार फन्दामा परेका हुन् ।

विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैङ्कमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेपछि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।

उनका अनुसार हेटौंडाको अख्तियार टोलीले साहलाई उनकै सरकारी निवास वीरगंज महानगरपालिका वडा नं १४ बाट पक्राउ गरिएको हो ।

साहमाथी आयोगले थप अनुसन्धान भइरहेका प्रवक्ता दंगालले जानकारी दिए ।

Share News