काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्स लिमिटेडको आगामी कात्तिक ९ गतेदेखि ८ दिनसम्म बुक क्लोज हुने भएको छ । संस्थाले सेयरधनीलाई नगद लाभांश दिने प्रयोजनको लागि उक्त दिन देखि कात्तिक १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।
वित्तीय संस्थाले सेयरधनीहरुलाई कर सहित ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव राखेको छ । उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी १६ गते बस्दै छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ ।