हिमालय ऊर्जा विकास कम्पनीको आईपीओ कात्तिक ६ देखि, ४९०० कित्तासम्म आवेदन दिन पाइने

<p>काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ६ गतेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दालाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक २० र ढिलोमा मंसिर ५ गतेसम्म तोकिएको छ निष्कासन तथा बिक्री [&hellip;]</p>

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ६ गतेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दालाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक २० र ढिलोमा मंसिर ५ गतेसम्म तोकिएको छ निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ ।जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन हुन लागेको हो ।

कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति बनाउन १ अर्ब ९१ करोड र माथिल्लो खिम्तीमा १ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट आउदो चैतसम्म विजुली उत्पादन हुने छ ।

Share News