खुला सीमाका कारण औलोको उच्च जोखिम

<p>काठमाडौं। खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा [&hellip;]</p>

काठमाडौं। खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ ।

तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा काम गरेर फर्केका रहेका छन् । जसमा चार भारतीय समेत रहेका छन् ।

आव २०७४÷७५ मा औलोका १३५ बिरामी फेला परेका थिए । जसमध्ये तीन बिरामीमा प्लाज्मोडियम फल्सिफारमको संक्रमण भएको पाइएको थियो । गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरी औलोका रोगी खोजी गरिएपछि सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए।

भारतका गुजरात, चेन्नई, नयाँदिल्ली, बैंगलोर, हल्द्धानी, पञ्जाव, उत्तर प्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, उडिसालगायत क्षेत्रमा लामो समय बसेर फर्केकामा औलो बढी देखिएको अधिकृत जोशीले बताए।

उनका अनुसार जनस्वास्थ्य कार्यालयले भारतबाट आउने बिरामीलाई आयातित र जिल्लामा बसोवास गर्ने बिरामीलाई स्थानीय भनेर छुट्याई उपचार गर्ने गरेको छ । रासस

Share News