बजारमा चिनीको अभाव छैन्, ५९ रूपैयाँमा पाइन्दैन– आपूर्तिमन्त्री

<p>काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट पारेका छन्। आइतबार यहाँ आयोजित साक्षात्कारमा मन्त्री यादवले भने, “बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार हो । बजारमा कहीँ कतै चिनीको अभाव छैन ।” नेपालमा हाल १ लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता २ [&hellip;]</p>

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट पारेका छन्। आइतबार यहाँ आयोजित साक्षात्कारमा मन्त्री यादवले भने, “बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार हो । बजारमा कहीँ कतै चिनीको अभाव छैन ।”

नेपालमा हाल १ लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता २ लाख ३० हजार मेट्रिक टन रहेको जानकारी दिँदै ५० हजार मेट्रिक टन बाहिरबाट खरीद गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताए। उनले आर्थिक वर्ष २०७४÷०७५ मा २ लाख ३५ हजार मेट्रिक टन चिनी बजारमा रहेको जानकारी दिए।

मन्त्री यादवले नेपाली उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै उत्पादन लागत र किसानको मिहिनेतका आधारमा नेपाली चिनी प्रतिकेजी ५९ मा बिक्री गर्न सक्ने अवस्था नरहेको बताए। रासस

Share News