काठमाडौं। सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड संगठनको चेयरवुमन जूलिया मोर्लेले अब ट्राजेगेंडर महिलाहरुले पनि मिस वर्ल्डको लागी प्रतिस्पर्धा गर्न पाउने बताएकी छिन्। तथापि प्रतियोगितामा सामिल हुनको लागि उक्त ट्रान्सजेन्डर महिलाको जन्मदर्ता र पासपोर्टमा महिला भनेर लेखिएको हुनुपर्ने छ। मिस युनिभर्सले भने सन् २०१२ देखी नै ट्रान्सजेन्डर महिलाहरुलाई प्रतियोगितामा सामिल गराएको हो। क्यानाडियण ट्रान्सजेन्डर महिला जेन्ना त्यालाकोभाले २०१२ मा मिस युनिभर्समा प्रतिस्पर्धा गर्न पाउन पर्ने बारे मुद्दा जितेकी थिईन्।
मिस वर्ल्ड सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो। यो प्रतियोगिता सन् १९५१ मा एरिक मोर्ले द्वारा बेलायतमा सुरु गरिएको थियो। सन् २०००मा उनको मृत्यु पस्चात उक्त प्रतियोगिता उनका धर्मपत्नी जुलिया मोर्लले सम्हाल्दै आएकी छिन्।
श्रोत – मिस वर्ल्ड