पेट्रोल र डिजलमा प्रतिलिटर २ रुपैया ५० पैसा घट्याे, प्रदेश तहमा ५ रूपैयाँसम्म घट्न सक्ने

<p>नयाँ दिल्ली । भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मुल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो । देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र [&hellip;]</p>

नयाँ दिल्ली । भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।

पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मुल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो ।

देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताए ।  त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैया घटाउने भएका छन् ।

त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाएका छन् ।

उनका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैयाँसम्म पनि मुल्य घट्न सक्नेछ ।

भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ ।

Share News