सांसद मोहन आचार्यको सहयोगमा ‘अवरुद्ध धैबुङ –धोबीखोला सडक सञ्चालन’

<p>काठमाडौं । वर्षाका कारण गत असारदेखि अवरुद्ध धैबुङ घुम्तीदेखि पूर्वी भेक जिबजिबेतर्फको ग्रामीण कृषि सडकमा शुक्रबारदेखि यातायात सञ्चालन भएको छ । कालिका गाउँपालिका – ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यको निजी सहयोगबाट स्काभेटरको सहायताले पाँच दिनको प्रयासमा धैबुङ घुम्ती –जिबजिबेबीच धोबीखोला पहिरो पन्छाउने कार्य बुधबार सम्पन्न भई आजदेखि सवारी साधन आवातजावत [&hellip;]</p>

काठमाडौं । वर्षाका कारण गत असारदेखि अवरुद्ध धैबुङ घुम्तीदेखि पूर्वी भेक जिबजिबेतर्फको ग्रामीण कृषि सडकमा शुक्रबारदेखि यातायात सञ्चालन भएको छ ।
कालिका गाउँपालिका – ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यको निजी सहयोगबाट स्काभेटरको सहायताले पाँच दिनको प्रयासमा धैबुङ घुम्ती –जिबजिबेबीच धोबीखोला पहिरो पन्छाउने कार्य बुधबार सम्पन्न भई आजदेखि सवारी साधन आवातजावत हुन थालेको हो ।

ग्रामीण कृषि सडक खुला भएलगत्तै जिबजिबेबाट काठमाडौंका लागि चल्ने नियमित यात्रुवाहक बस सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

Share News