सानिमामाई हाइड्रोपावरको साधारणसभा कात्तिक ८ मा, १५ प्रतिशत लाभांश पारित गर्ने

<p>काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको सातौ वार्षिक साधारणसभा कात्तिक ८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा हाइड्रोपावर कम्पनी [&hellip;]</p>

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको सातौ वार्षिक साधारणसभा कात्तिक ८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडलाई गाभ्ने प्रस्ताव सभामा पेश हुने छ । गत आर्थिक वर्षको वित्तीय विवरण सभाले अनुमोदन गर्नेछ ।

Share News