तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

<p>काठमाडौ । तेह्रथुम पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण आइपिओ निष्कासन गर्न लागेको हो । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ । यस्तै सर्वसाधारणलाई २० प्रतिशत [&hellip;]</p>

काठमाडौ । तेह्रथुम पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण आइपिओ निष्कासन गर्न लागेको हो । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ ।

यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् लाख ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले आज हस्ताक्षर गरे । चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिए ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति करीब ६० प्रतिशत पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०६७ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले छ महिनाअगावै अर्थात् आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा माछापुच्छे्र« बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः ४० करोड, ३० र ३० करोड रुपैयाँ लगानी रहेको छ ।
–––

Share News