काठमाडौं । सन २०२० को डीभी असोज १७ गतेदेखि खुल्ला हुँदैछ । नेपालस्थित अमेरिकी राजदुताबासको कार्यालयले असोज १७ गते राती ९ बजेर ४५ मिनेटबाट इलेक्ट्रोनिक डाईभर्सिटी भिसा(ईडीभी)को आवेदन खुल्ला गर्ने जानकारी दिएको हो ।
दुताबासले डीभी भर्न कुनै शुल्क नलाग्ने पनि स्पष्ट पारेको छ । कुनै कन्सल्टेन्सीमा गएर डीभी भर्दैमा पर्छ भन्ने कुनै आाधार नभएकाले शुल्क नतिर्न दुतावासले आग्रह गरेको हो । दुताबासले पैसै नपर्ने कामका लागि पैसा तिरेर छनौट हुने सम्भावना नबढ्ने पनि स्पष्ट पारेको छ ।