
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ४ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।