जनस्वास्थ्य सङ्घको अध्यक्षमा भट्ट

<p>काठमाडौं। नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी सङ्घ(प्रजातान्त्रिक) समूहका श्रीकृष्ण भट्ट निर्वाचित भएका छन्। भट्ट ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । काठमाडाँैसहित सातै प्रदेशको राजधानीमा शनिबार सम्पन्न निर्वाचनमा भट्टका निकटतम् प्रतिद्वन्द्वी नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका अध्यक्ष डा मोहनकृष्ण सापकोटाले ५२७ मत प्राप्त गरेका थिए। हाल सङ्घ अन्तर्गत करीब एक हजार ६०० सदस्य रहेकामा एक हजार [&hellip;]</p>

काठमाडौं। नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी सङ्घ(प्रजातान्त्रिक) समूहका श्रीकृष्ण भट्ट निर्वाचित भएका छन्।

भट्ट ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । काठमाडाँैसहित सातै प्रदेशको राजधानीमा शनिबार सम्पन्न निर्वाचनमा भट्टका निकटतम् प्रतिद्वन्द्वी नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका अध्यक्ष डा मोहनकृष्ण सापकोटाले ५२७ मत प्राप्त गरेका थिए।

हाल सङ्घ अन्तर्गत करीब एक हजार ६०० सदस्य रहेकामा एक हजार ४९० मत खसेको बताइएको छ ।

यसैगरी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तर्फबाट क्रमशः कृष्णमान शाक्य, महेश्वर श्रेष्ठ, विनोद जोशी र सञ्जीवकुमार साह विजयी हुनुभएको छ । सचिव पदमा भने नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका दीपेन्द्र खड्का विजयी भएका छन् । सङ्घको कार्यसमितिको १५ पदमा निर्वाचन भएको थियो । निर्वाचनमा सदस्य पदमा रविकान्त मिश्र, कमल रानाभाट, निधुराम दङ्गाल, राजनबाबु सिलवाल, कैलाश श्रेष्ठ, रामचन्द्र सिन्हा, प्रजिता माली, रोशन लामा र विमला भट्ट विजयी भएका छन् ।

हाल देशभर १६ शिक्षण संस्थामा जनस्वास्थ्य विषयको अध्ययन हुन्छ । वर्षेनी एक हजारको हाराहारीमा स्नातक तह उत्तीर्ण हुने गर्दछन् । रासस

Share News