चितवनमा हिंसा तथा लागूऔषधको बारेमा सचेत गराउन विद्यार्थीलाई पढाउँदै प्रहरी

<p>काठमाडौं। जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षा सम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ । जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्ष्य गरी सो अभियान थालिएको हो। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार विद्यार्थीलाई कक्षाकोठामा राखेर प्रहरी अधिकृतले नियमित रूपमा लागूऔषध दुव्र्यसन, साइबर [&hellip;]</p>

काठमाडौं। जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षा सम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ । जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्ष्य गरी सो अभियान थालिएको हो।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार विद्यार्थीलाई कक्षाकोठामा राखेर प्रहरी अधिकृतले नियमित रूपमा लागूऔषध दुव्र्यसन, साइबर अपराध तथा मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटना सम्बन्धी चेतनामूलक प्रशिक्षण दिइरहेका छन् । गत भदौ २५ गतेदेखि जिल्लाका विद्यालयमा क्रमशः कक्षा सञ्चालन गरिँदै आएको छ । पाठ्यक्रममा यस्ता विषय नहुँदा समाजमा विकृति, विसङ्गति बढ्दै गएपछि प्रहरीले अभियानका रूपमा कक्षा सञ्चालन गरेको हो ।

विद्यार्थीले आफूले सिकेको कुरालाई अभिभावक र समाजसम्म पु¥याउने हुँदा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहका महानगर, नगर, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरिएको छ । नियमित कक्षासँगै विभिन्न निकायसँग छलफल, पर्चा, ब्रोसर र होडिङबोर्ड तयार गरी चेतनामूलक सन्देश एवं तस्बीर प्रकाशन गर्ने काम पनि प्रहरीले गरेको छ । अभियान अन्तर्गत विभिन्न सडक नाटक, वृत्तचित्त एवं सन्देशमूलक श्रव्यदृश्य सामग्री तयार गरी देखाउने काम भइरहेको छ । पछिल्लो समय समुदायमा महिला हिंसा, लागूऔषध दुव्र्यसनी, साइबर अपराध, मानव बेचबिखन, मदिरा सेवन, सवारी दुर्घटनाको क्रम बढेपछि प्रहरी सो अभियानमा जुटेको हो । रासस

Share News