निःसहाय सेवा सदनको रजत जयन्ती तथा वार्षिक उत्सव सम्पन्न

<p>काठमाडौं। पवित्र समाज सेवाको भावनाले ओतप्रोत भई २०४८ सालमा स्थापना भएको निःसहाय सेवा सदनले रजत जयन्ती भव्यताको साथ मनाएको छ । शान्तिनगरमा रहेको उक्त संस्थाले आफ्नै भवन परिसरमा रजत जयन्ती मनाएको हो । संस्थाको संस्थापक अध्यक्ष सगुन शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक माननिय मन्त्री थममाया थापा, त्यसै [&hellip;]</p>

काठमाडौं। पवित्र समाज सेवाको भावनाले ओतप्रोत भई २०४८ सालमा स्थापना भएको निःसहाय सेवा सदनले रजत जयन्ती भव्यताको साथ मनाएको छ । शान्तिनगरमा रहेको उक्त संस्थाले आफ्नै भवन परिसरमा रजत जयन्ती मनाएको हो । संस्थाको संस्थापक अध्यक्ष सगुन शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक माननिय मन्त्री थममाया थापा, त्यसै गरि विशेष अतिथिमा शताब्दी पुरुष सत्यमोहन जोशी, काठमाडौ महानगरपालिकाको उप मेयर हरिप्रभा खड्गी श्रेष्ठ लगायत अन्य विशिष्ठ व्यक्ति, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

उक्त अबसरमा रजत जयन्ती स्मारिकाको विमोचन गर्नुको साथै सेवा सदनलाई सहयोग पु¥याउनुहुने महानुभावहरुलाई प्रमुख अतिथि र विशिष्ठ अतिथिको हातबाट सम्मान गरिएको थियो । प्रमुख अतिथिले मन्तव्यको क्रममा ज्ेयष्ठ नागरिकहरु समाजको ईतिहास भएको हुँदा वहाँहरुको सम्मान गर्नुपर्ने बताए। त्यसैगरी अहिले समाजमा वलत्कार लगायतका विभिन्न घटनाहरु घटिरहेकोले कडा कानुन बनाउन लागिपरिरहेको बताउनु भयो साथै ज्येष्ठ नागरिकहरुलाई भत्तामा पनि बृद्धि गरिने बताएका छन्।

रजत जयन्ती तथा वार्षिक उत्सवको अबसरमा विभिन्न शिर्षकमा सहयोग गर्नुहुने दाताहरु, कर्मचारी आदीलाई सम्मान गरिएको थियो ।

Share News