गृहमन्त्री बादल र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

<p>काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले आज शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि [&hellip;]</p>

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो ।
गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरेका छन्।

उनले नेपाल–भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधिन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वाश व्यक्त गरेका छन्।

भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सास्कृतिक हरेक क्षेत्रमा ऐतिहाँसिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए।

दुई देशको सहकार्यमा निर्माण भईरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजनाले दुबै देशका लागि फाईदाजनक रहेको टिप्पणी गरे।
भेटमा नेपालका लागि भारतीय राजदुत रणजित रायपनि सहभागी थिए।

Share News