कलंकी–नागढुंगा सडक खुल्यो, स्थानीयबासिन्दा र नगरपालिकाबीच वार्ता सुरु

<p>काठमाडौं । स्थानीयबासिन्दाको आन्दोलनले बिहान ९ बजेबाट बन्द कलंकी नागढुंगा सडक खुलेको छ । वार्ता गर्ने सहमतिपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् । चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष उत्तमबहादुर राउतले वार्ता सुरु भएको जानकारी दिए । “स्थानीयले स्वस्च्छ वातावारणमा स्वाश फेर्न पाँउ भनेका हुन, हाम्रो भरखरै वार्ता सुरुभएको छ” उनले भने । [&hellip;]</p>

काठमाडौं । स्थानीयबासिन्दाको आन्दोलनले बिहान ९ बजेबाट बन्द कलंकी नागढुंगा सडक खुलेको छ । वार्ता गर्ने सहमतिपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष उत्तमबहादुर राउतले वार्ता सुरु भएको जानकारी दिए । “स्थानीयले स्वस्च्छ वातावारणमा स्वाश फेर्न पाँउ भनेका हुन, हाम्रो भरखरै वार्ता सुरुभएको छ” उनले भने ।
कलंकी नागढुंगा सडक खण्डमा स्थानीयबासिन्दाले तत्काल सडक मर्मत गर्न माग गर्दै आएका थिए । स्थानीयको आन्दोलनका कारण कलंकी नागढुंगा सडक खण्ड २ घन्टा अवरुद्ध भएको थियो । स्थानीय बासिन्दाको आन्दोलनका कारण सैयौं सवारी साधन २ घन्टासम्म बीच बाटोमै रोकिएका थिए ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सडक मर्मतको जिम्मा दिएमा ३ महिना भित्र पुरा गर्ने बताए।’ “जनताले आफ्नो स्वास्थ्य बिग्रीएका कारणले आन्दोलन गरेका हुन” गिरीले भने “हामीले गृहमन्त्रीलाई पनि ज्ञापन पत्र बझाई सकेका छौँ । सडक विभाग र डेकदारसँग पनि बसेर बेलाबेलाम सल्लाह गरिरहेका छौँ । तर बाटोको अवस्था उस्तै छ ।”

ढुंङेअड्डाका बासिन्दाले बिग्रिएको सडक मर्मतको प्रतिवद्धता जनाउन ठेकेदार आफैं वा सडक विभागका कर्मचारी आउनुपर्ने माग पनि गरेका छन । तर दुई निकायले एकअर्कालाई देखाउँदै पन्छिएपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो ।
१२.४८ किलोमिटर लामो कलंकी नागढुंगा सडक खण्डमा दर्जनौं मुद्धा परेको थियो । २०७४ साल असोजमा सर्वोच्च अदालतले पहिले मुआब्जा वितरण गरेर मात्रै सडक विस्तार आदेश दिएको थियो ।

तर सरकारले उपत्याकाभरी ५१ अर्ब रुपैंया मुअब्जा वितरण गर्नुपर्ने भएपछि न्यायधीशहरुकै विरुद्धमा जाने सरकारले तयारी गरेको छ । सरकारले यथास्थीतीमै सडक पिच भने गर्न सक्नेछ ।

त्रिपुरेश्वर कलंकी नागढुंगा सडक खण्डमा ५७० वटा घर भत्काउन बाँकी छ भने ३१२ वटा बिजुलीको पोल, १७२ वटा टेलिकमको पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, २७ वटा ट्रान्सफर्मर, १५ वटा टेलिफोन म्यान होल र एक वटा पानी ट्यांकीको अवरोध रहेको छ ।

सडक विस्तारको काम सुरु भएको ३ वर्ष बित्न लाग्दालाई पनि काम सकिएको छैन । सडकमा खाल्डा खुल्डी पर्दा धुलोले स्थानीय वासिन्दा र यात्रुले भने सास्ती खेप्दै आइरहेका छन् ।

Share News