काठमाडौं। त्रिभुवन विश्वबिद्यालय उत्कृष्ट १००० बिश्वबिद्यालयमा पर्न सफल भएको छ । लामो समय देखि विश्वबिद्यालयको बरियता सम्बन्धि काम गर्दै आएको बेलायतको ‘टाइम्स हाइआर एजुकेसन’ पत्रिकाको उत्कृष्ट १ हजार २ सय ५० विश्व विद्यालयहरुको सूचीमा त्रिभुवन विश्वबिद्यालय १००० नम्बर भित्र पहिलो पटक अटाउन सफल भएको हो । बिद्यार्थी, क्याम्पस तथा बिषय संख्या, नतिजा लगायत बिभिन्न १३ ओटा मापन बिधि प्रयोग गरि सो बरियता सार्बजनिक गरिएको हो ।
बरियताको पहिलो नम्बरमा भने बेलायतको अक्सफोर्ड बिश्वबिद्यालय रहेको छ । अक्सफोर्ड बिश्वबिद्यालय गत बर्ष पनि पहिलो नम्बरमा रहन सफल भएको थियो । यस्तै बेलायतको क्याम्ब्रिज बिश्वबिद्यालय दोश्रो तथा अमेरिकाको स्टानफोर्ड बिश्वबिद्यालय तेस्रो नम्बरमा रहका छन् । सोहि पत्रिकाले सार्बजनिक गरेको उत्कृष्ट १० विश्वबिद्यालयको सूची तल दिइएको छ ।
