
काठमाडौं । क्यास्ट्रोल लुब्रिकेन्टले आयोजना गरेको सेल्फी कन्टेस्टका विजेताहरुलाई पुरस्कृत गरिएको छ । क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज बिके भएका छन् । उनीहरुलाई एक एकवटा स्मार्टफोन उपहार प्रदान गरिएको छ ।
उनीहरुलाई क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले पुरस्कृत गरेका छन् । किरण नापित पोर्पा अजिमा सर्भिसिङ सेन्टर र सन्तोष मोटर ग्यारेजका सञ्चालक हुन् भने राज बिके राज मोटरसाइकल वक्र्सका सञ्चालक हुन् ।
क्यास्ट्रोल भेक्टन पहिलो पटक नेपालमा उपलब्ध गराएको अवसरमा क्यास्ट्रोल भेक्टन सेल्फी कन्टेस्ट आयोजना गरिएको थियो । क्यास्ट्रोल भेक्टनको ब्यानरमा आफ्नो तस्बिर खिचेर क्यास्ट्रोल लुब्रिकेन्ट नेपालको आधिकारिक फेसबुक पेजमा ट्याग गरे पछि सबैभन्दा बढी लाइक पाउनेलाई विजयी घोषणा गरिने बताइएको थियो ।
क्यास्ट्रोल लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले सो प्रतियोगिताको आयोजना गरेको हो ।
क्यास्ट्रोल भेक्टन केही समय पहिले मात्र नेपाली बजारमा भित्रिएको इन्जिन आयल हो । यो सीआई–४ प्लस र प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो ।
क्यास्ट्रोल एक्टिभोमा अत्याधुनिक एक्टिभ बोन्ड मोलिक्युल्स रहेको हुन्छ । उक्त मोलिक्युल्सको सहयोगले इन्जिनमा एक किसिमको झिल्ली बस्न गई इन्जिनलाई सुरक्षित राख्छ । यसका कारण इन्जिनमा अनावश्यक पदार्थ बस्न वा जम्न पाउदैन ।