रोटरी ईन्टरनेसनलको “न्यु मेम्बर ओरेन्टएसन प्रोग्राम ” सम्पन्न

<p>काठमाडौं। रोटरी ईन्टरनेसनल, जिल्ला ३२९२ (नेपाल र भुटान) क्षेत्र १,२,३ अन्तर्गतका ५४ वटा रोटरी क्लबहरुमा रहेका नयाँ सदस्यहरुलाई लक्ष्य गरी मिति २०७५ असोज ६ गते, २२ सेप्टेम्बर २०१८ का दिन “न्यु मेम्बर ओरेन्टएसन प्रोग्राम ” ललितपुर जिल्लाको सानेपा स्थित ग्रिनबिच होटलमा आयोजना गरिएकोे थियो । सो कार्यक्रम क्षेत्र १,२,३ अन्तर्गतका रोटरी क्लबहरुमा आबद्ध ९० जान [&hellip;]</p>

काठमाडौं। रोटरी ईन्टरनेसनल, जिल्ला ३२९२ (नेपाल र भुटान) क्षेत्र १,२,३ अन्तर्गतका ५४ वटा रोटरी क्लबहरुमा रहेका नयाँ सदस्यहरुलाई लक्ष्य गरी मिति २०७५ असोज ६ गते, २२ सेप्टेम्बर २०१८ का दिन “न्यु मेम्बर ओरेन्टएसन प्रोग्राम ” ललितपुर जिल्लाको सानेपा स्थित ग्रिनबिच होटलमा आयोजना गरिएकोे थियो । सो कार्यक्रम क्षेत्र १,२,३ अन्तर्गतका रोटरी क्लबहरुमा आबद्ध ९० जान नयाँ रोटरी सदस्यहरुको सहभागिता रहेको थियो ।

सो रोटरी ईन्टरनेसनल, जिल्ला ३२९२ नेपाल र भुटान कार्यक्रम जिल्लाका गभर्नर चिन्तामणी भट्टराई, ईमीडियट पास्ट जिल्लाको गभर्नर रोटरियन सञ्जय गिरी, जिल्ला गभर्नर नोमिनी रोटरियन राजिव पोखरेल, पास्ट डिस्ट्रिक्ट गभर्नर रोटरियन र्थिमान शाक्य, पास्ट डिस्ट्रिक्ट गभर्नर रोटरियन जया राज्यलक्ष्मी शाह र टिआरयफ चेयर रोटरियन जितेन्द्र राजभण्डारी तथा डिस्ट्रिक्ट प्रोग्राम कमिटी चेयर रोटरियन राजेन्द्र लाल श्रेष्ठले सहभागीहरुलाई दिएका थिए।

कार्यक्रममा फ्यासीलियिटिएटरको भूमिकामा कार्यक्रम आयोजक कमिटिका सदस्यहरु रोटरियन हेमा अधिकारी, रोटरियन शम्भू आम्गाई, रोटरियन कामी शेर्पा, रोटरियन अमित गिरी र रोटरियन सन्तोष बास्तोला रहेका थिए भने कार्यक्रम सञ्चालन डिस्ट्रिक मेम्बरसिप कमिटी चेयर रोटरियन मन्जू कार्की लामिछाने स्वयम्ले गरेकी थिइन्। कार्यक्रममा रिसोर्स पर्सनलाई प्रोग्राम कूर्डिनेटर तथा डिस्ट्रिक्ट मेम्बरसिप कमिटी चेयर रोटरियन मन्जू कार्की लामिछानेले मायाको चिनो प्रदान गरेकी थिईन् भने डिस्ट्रिक्ट मेम्बरसिप को- चेयर रोटरियन हेमा अधिकारीले धन्यवादको मत प्रदान गरेकी थिईन्।

Share News