ईजी मोवाइलले ल्यायो क्रेडिट कार्ड देखाएर मोवाइल किस्तामा पाइने अफर योजना

<p>काठमाडौं । १ रुपैयाँमा मोबाइल फोन उपलब्ध गराउँदै आएको ईजी मोवाइल केयरले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल अफर ल्याएको छ । न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा किन्दा विभिन्न उपहारहरु पनि प्राप्त गर्नसक्ने अफर सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड [&hellip;]</p>

काठमाडौं । १ रुपैयाँमा मोबाइल फोन उपलब्ध गराउँदै आएको ईजी मोवाइल केयरले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल अफर ल्याएको छ ।

न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा किन्दा विभिन्न उपहारहरु पनि प्राप्त गर्नसक्ने अफर सार्वजनिक गरेको छ ।

बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस अफरअन्र्तरगत हाल ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुछ्रे बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यसको फाईदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

यो अफरअन्तरगत सुविधा लिन क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले विशेषगरी बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरी यो योजना ल्याएको ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले बताए ।

Share News