भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउँदै, लुम्बिनी भ्रमण गर्ने

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । बिमिस्टेक सम्मेलनका लागि तेस्रो पटक नेपाल आएका मोदी पुन नेपाल आउने भएका हुन् । मोदी आगामी नोभम्बर महिनामा नेपाल आउने तयारी रहेको नेपाल स्थीत भारतीय दुतावासको उच्च श्रोतले जनाएको हो । मोदी मंसिर १२ गते काठमाडौं आइपुग्ने श्रोतले बताएको छ । दुई [&hellip;]</p>

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । बिमिस्टेक सम्मेलनका लागि तेस्रो पटक नेपाल आएका मोदी पुन नेपाल आउने भएका हुन् ।

मोदी आगामी नोभम्बर महिनामा नेपाल आउने तयारी रहेको नेपाल स्थीत भारतीय दुतावासको उच्च श्रोतले जनाएको हो । मोदी मंसिर १२ गते काठमाडौं आइपुग्ने श्रोतले बताएको छ ।

दुई दिने भ्रमणमा मोदीले लुम्बिनी भ्रमण र उच्च स्तरीय राजनितिक भेटघाट गरी मंसिर १३ गते भारत फर्किने कार्यक्रम रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

यसअघि मोदीले दोस्रो भ्रमणमा  जनकपुर, मुक्तिनाथ गएका थिए । तर सुरक्षाको कारण देखाउँदै लुम्बिनी भने गएका थिएनन । मोदी नेपालमा सबैभन्दा धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्री बन्दैछन् ।

Share News