कालिगण्डकी जलविद्युत आयोजना ५ दिन बन्द, नारायणघाट पश्चिम बिजुली आपूर्ति कटौती

<p>काठमाडौं । नेपालको सबैभन्दा ठुलो कालिगण्डकी ए जलविद्युत आयोजना मर्मतका लागि ५ दिनका बन्द हुने भएको छ । कालिगण्डकी आइतबारदेखि बिहीबारसम्म बन्द हुने छ । आयोजना बन्द भएपछि १४४ मेगावाट बिजुली प्रणाली बाहिर हुने छ । विद्युत प्राधिकरणलाई माग व्यवस्थापन गर्न दवाव बढ्ने छ । जलविद्युत केन्द्रको मेन इन्लेट भल् सुदृीढीकरण, मर्मत संभार एवम युनिट नम्बर [&hellip;]</p>

काठमाडौं । नेपालको सबैभन्दा ठुलो कालिगण्डकी ए जलविद्युत आयोजना मर्मतका लागि ५ दिनका बन्द हुने भएको छ । कालिगण्डकी आइतबारदेखि बिहीबारसम्म बन्द हुने छ ।

आयोजना बन्द भएपछि १४४ मेगावाट बिजुली प्रणाली बाहिर हुने छ । विद्युत प्राधिकरणलाई माग व्यवस्थापन गर्न दवाव बढ्ने छ ।

जलविद्युत केन्द्रको मेन इन्लेट भल् सुदृीढीकरण, मर्मत संभार एवम युनिट नम्बर २ को ओभरहलिंग कार्य गर्नको लागी असोज ७ देखी ११ गतेसम्म र कात्तिक ६ देखी १२ गतेसम्म पुरै प्लान्ट बन्द गर्नु पर्ने भएको सुचना अधिकृत लीलाकुमारी अर्यालले जानकारी दिइन् । उनका अनुसार आयोजना मर्मतका लागि एक महिनामा २ पटक बन्द हुने छ ।

उक्त अवधिभर भरतपुर लगायत सो भन्दा पश्चिमका १३२ के‍भी सवस्टेशनहरुबाट विद्युत आपुर्ति हुने औद्योगीक तथा ग्राहस्थ फिडरहरुको ग्राहकहरुको केही समय विद्युत आपुर्ति बन्द हुन सक्ने उनले जानकारी दिइन् ।

Share News