मञ्जुश्री फाइनान्सले ९ प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजीको सो मात्रा अर्थात ७ करोड २३ लाख ६५ हजार ४०० रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको होे । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको १५८औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजीको सो मात्रा अर्थात ७ करोड २३ लाख ६५ हजार ४०० रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको होे ।

उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको १५८औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

संस्थाको हाल ८० करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १२७ रुपैयाँ रहेको छ ।

Share News