भारतमा शनिबारदेखि पेट्रोलियमको भाउ बढ्यो, नेपालमा के होला ?

<p>&nbsp; एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । शनिबारदेखि लागु हुने गरी भारतका पेट्रोलियम कम्पनीले भाउ बढाएका छन् । राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर प्रतिलिटर ७८ रुपैयाँ ६८ पैसा पुगेको छ । कोलकातामा पेट्रोलियमको भाउ बढेर ८१ रुपैयाँ ६० पैसा र चेन्नाइमा ८१ रुपैयाँ ७७ पैसा भएको फाइनान्सियल एक्प्रेसले जनाएको छ । यस्तै [&hellip;]</p>

 

एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । शनिबारदेखि लागु हुने गरी भारतका पेट्रोलियम कम्पनीले भाउ बढाएका छन् । राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर प्रतिलिटर ७८ रुपैयाँ ६८ पैसा पुगेको छ ।

कोलकातामा पेट्रोलियमको भाउ बढेर ८१ रुपैयाँ ६० पैसा र चेन्नाइमा ८१ रुपैयाँ ७७ पैसा भएको फाइनान्सियल एक्प्रेसले जनाएको छ ।
यस्तै डिजलको मूल्य पनि बढेर दिल्लमा प्रतिलिटर ७० रुपैयाँ २१ पैसा पुगेको छ । मुम्बइमा डिजेलको भाउ बढेर ७४ रुपैयाँ ५४ पैसा पुगेको छ ।
अमेरिकी डलर मजवुत हुदै गएपछि यसको असर पेट्रोलियमा भाउमा पर्ने भएको छ । डलरमा पेट्रोलियम खरिद हुदै आएको छ । यस्तै भारतमा बढेकाले नेपालमा पनि वृद्धि हुने संभावना बढेको छ । प्रत्येक महिनाको १ र १५ तारिकमा नेपालमा पेट्रोलियमको भाउ समायोजन हुदै आएको छ ।

Share News