म्यान्मारका राष्ट्रपति राजधानीमा

<p>काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्मारका राष्ट्रपति विन मिन्त विशेष विमानबाट मंगलबार अपराह्न राजधानी आइपुगेका छन् । राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । म्यान्मारका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ [&hellip;]</p>

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्मारका राष्ट्रपति विन मिन्त विशेष विमानबाट मंगलबार अपराह्न राजधानी आइपुगेका छन् ।

राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । म्यान्मारका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

राष्ट्रपति विनलाई म्यान्मारका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यान्मारका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका हुन्। रासस

Share News