तिज नजिकिदैं जादाँ सुनको भाउ सस्तियो, प्रतितोला ५६ हजार

<p>काठमाडौं । भदौमा सुनको मूल्य घटेको छ । ४ गते ५६ हजार ८ सयमा कारोबार भएको सुद्ध सुनको मूल्य बिहिबार ५६ हजारमा कारोबार भएको हो । बुधबारको तुलनामा सुन प्रतितोला १ सय रुपैंयाले घटेको हो । बिहिबार तेजावी सुन भने ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदी [&hellip;]</p>

काठमाडौं । भदौमा सुनको मूल्य घटेको छ । ४ गते ५६ हजार ८ सयमा कारोबार भएको सुद्ध सुनको मूल्य बिहिबार ५६ हजारमा कारोबार भएको हो । बुधबारको तुलनामा सुन प्रतितोला १ सय रुपैंयाले घटेको हो ।

बिहिबार तेजावी सुन भने ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन । हिजो पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो ।

Share News