एक जना नेपालीको थाप्लोमा ३० हजार ८४५ रुपैयाँ ऋण

<p>काठमाडौं । नेपालीको थाप्लोमा ऋणको भार बढेर गएको छ । गत असारसम्म प्रतिव्यक्ति ऋण बढेर ३० हजार ८४५ रुपैयाँ पुगेको छ । कुल २ करोड ९० लाख जनसंख्यालाई आधार मान्दा प्रतिव्यक्ति ऋण झण्डै ३१ हजार रुपैयाँ नजिक पुगेको हो । गत असारसम्म नेपालको आन्तरिक र वाह्य गरी ८ खर्ब ९४ अर्ब ५३ करोड रुपैयाँ पुगेको [&hellip;]</p>

काठमाडौं । नेपालीको थाप्लोमा ऋणको भार बढेर गएको छ । गत असारसम्म प्रतिव्यक्ति ऋण बढेर ३० हजार ८४५ रुपैयाँ पुगेको छ । कुल २ करोड ९० लाख जनसंख्यालाई आधार मान्दा प्रतिव्यक्ति ऋण झण्डै ३१ हजार रुपैयाँ नजिक पुगेको हो ।

गत असारसम्म नेपालको आन्तरिक र वाह्य गरी ८ खर्ब ९४ अर्ब ५३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारको कुल तिर्न बाँकी वाह्य ऋण ५ खर्ब ३ अर्ब ६३ करोड र आन्तरिक ऋण ३ खर्ब ९० अर्ब ९० करोड रुपैयाँ पुगेको छ । नेपालको जीडीपीको आकार ३० खर्ब ७ अर्ब रुपैयाँ पुगको छ ।

सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात २९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात २६.४ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको भन्दा गत वर्ष ऋण भार बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । कुल ऋणमा वैदेशिकको अंश १५.७ र आन्तरिक १३ प्रतिशत रहेको छ ।

Share News