
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, बुटवल रुपन्देहीमा कार्यरत मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई २० हजार रुपैयाँ घुससहित सोमबार नियन्त्रणमा लिएको छ ।
इन्जिनियर साहले नयाँ सवारी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहनामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले साहलाई घुसवापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्यिारका प्रवत्ता रामेश्वर दंगालले बताए ।