
एजेन्सी । मोदी सरकारले भारतमा कपडा आयातलाई निरुत्साही बनाउन भन्सार शुल्क दोब्बर बढाएको छ । मोदी सरकारले ३२८ प्रकारका कपडाजन्य वस्तुमा भन्सार शुल्क दोब्बर बढाएर २० प्रतिशत पुर्याएको हो ।
आन्तरिक उत्पादन बढाउनुका साथै रोजगारीको अवसर सिर्जना गर्न कपडाजन्य वस्तुको भन्सार शुल्क दोब्बर बढाएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
सरकारको यो निर्णयले थप १० करोड ५० लाख जनसंख्यालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । गत जुलाईमा मोदी सरकारले ५० प्रकारको कपडाजन्य वस्तु आयातमा भन्सार शुल्क दोब्बर बनाएको थियो ।