साझेदारी खाकालाई अन्तिम रूप दिन अर्थमन्त्री वासिङ्टन प्रस्थान

<p>काठमाडौं । सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको राजधानी वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका छन् । बैंकले सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप दिने छलफलमा भाग लिन मन्त्री खतिवडालाई आमन्त्रण गरेको हो [&hellip;]</p>

काठमाडौं । सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको राजधानी वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका छन् ।

बैंकले सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप दिने छलफलमा भाग लिन मन्त्री खतिवडालाई आमन्त्रण गरेको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी दिँदै उनले विश्व बैंक समूहबाट नेपालले आफ्नो विकासका लागि प्राप्त गर्नसक्ने अधिकतम लाभ लिन तथा नेपालको आर्थिक सोच एवं रणनीति र संघीयता कार्यान्वयनको मार्ग्चित्र प्रस्तुत गर्ने बताए ।

“मुलुकको समग्र विकासको लागि वित्तको अधिकतम उपयोग गर्न सरकारको मार्ग्चित्र प्रस्तुत गर्नका साथै नेपाललाई सहयोग गर्ने अन्य द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग छलफल गर्नेछु,” उनले भने । अर्थमन्त्रीले विश्व बैंकका उच्च व्यवस्थापन समूह, अन्तर्रा्ष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग, अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी पनि दिए ।

नेपालको विकासका साझेदारसँग उनीहरुबाट प्राप्त सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रहरूमा छलफल तथा निजी क्षेत्रका लगानीकर्तासँग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाका बारेमा पनि विचारविमर्श गर्ने उनले बताए । “वर्तमान सरकारले जनतासमक्ष प्रस्तुत गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक पर्ने आर्थिक तथा भौतिक पूर्वाधारहरूको विकासका लागि थप लगानी जुटाउन यो भ्रमण उपयोगी हुने मेरो अपेक्षा छ,” अर्थमन्त्रीले भने ।

Share News