भारतमा मारुती सुजुकी कारको भाउ बढ्दै, नेपालमा कति पुग्ला ?

<p>एजेन्सी । मारुती सुजुकीले कारको मूल्य बढाउने भएको छ । यो महिनाबाट सबै मोडलका कार तथा जिपको भाउ बढ्ने मारुती सुजुकीले बताएको हो । डलरमा उतारचढाव, पेट्रोलियमको भाउलगायत अन्य लागत बढेपछि गाडीको मूल्य बढाएको मारुती सुजुकीले जनाएको छ । कम्पनीले कारको मूल्य बढाउन तयारी गरिरहेको जानकारी दिएको छ । “अहिले लागत वृद्धिको प्रभावका बारेमा अध्ययन [&hellip;]</p>

एजेन्सी । मारुती सुजुकीले कारको मूल्य बढाउने भएको छ । यो महिनाबाट सबै मोडलका कार तथा जिपको भाउ बढ्ने मारुती सुजुकीले बताएको हो । डलरमा उतारचढाव, पेट्रोलियमको भाउलगायत अन्य लागत बढेपछि गाडीको मूल्य बढाएको मारुती सुजुकीले जनाएको छ ।

कम्पनीले कारको मूल्य बढाउन तयारी गरिरहेको जानकारी दिएको छ । “अहिले लागत वृद्धिको प्रभावका बारेमा अध्ययन गरिरहेका छौ” सुजुकी मारुती इण्डियाका कार्यकारी निर्देशक आरएस कल्सीले पीटआईलाई भने । कति बढाउने भन्ने प्रश्नमा उनले भने “यस विषयमा काम शुरु भएको छ । मोडलअनुसार गाडीको भाउ बढने छ । वित्तीय समूहले अहिले अध्ययन गरिरहेको छ ।”

हाल भारतमा मारुती अल्टो ८०० सीसी कारको मूल्य २ लाख ५१ हजार, मिडसाइज सेडान सियाजको मूल्य ११ लाख ५१ हजार रुपैयाँ रहेको छ ।  डलर मजवुत र इन्धनको बढ्दो मूल्यले उत्पादन लागत बढाएको उनले स्पष्ट पारे । लागत वृद्धिलाई कम्पनीले लामो समय थेग्न नसक्ने भएकाले गाडीको मूल्य बढाउन लागेको उनले बताए । यस्तै महेन्द्रा र टाटा मोटरलगायत अन्य कम्पनीले पनि अगष्टमा मोटरको भाउ बढाउने टाइम्स अफ इण्डियाले जनाएको छ ।

 

Share News