डलर अर्बपति अनिल अम्बानीको रिलायन्स कम्युनिकेसनको सबैभन्दा बढी सेयर कारोबार

<p>एजेन्सी । भारतीय डलर अर्बपति अनिल अम्बानीको स्वामित्वमा रहेको रिलायन्स कम्युनिकेसन्स (आरकम) सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीको सुचिमा परेको छ । नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सुचिकृत मध्ये यो वर्ष आरकमको सेयर सबैभन्दा बढी कारोबार भएको भारतको फाइनान्सियल एक्सप्रेसले आफनो अनलाईन संस्करणमा उल्लेख गरेको छ । आरकमको सेयर दिनको औसत ११ करोड भारु बराबर [&hellip;]</p>

एजेन्सी । भारतीय डलर अर्बपति अनिल अम्बानीको स्वामित्वमा रहेको रिलायन्स कम्युनिकेसन्स (आरकम) सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीको सुचिमा परेको छ ।

नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सुचिकृत मध्ये यो वर्ष आरकमको सेयर सबैभन्दा बढी कारोबार भएको भारतको फाइनान्सियल एक्सप्रेसले आफनो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

आरकमको सेयर दिनको औसत ११ करोड भारु बराबर कारोबार भएको छ । अनिलले ऋण तिर्नका लागि आरकमको केही हिस्सा बिक्री गरेकाले यो वर्ष उसको सेयर मूल्यमा व्यापक उतारचढाव आएको छ ।

सन् २०१७ र १८ मा एनएसईमा सबैभन्दा बढी ८२ करोडको इक्विटी सेयर कारोबार भएको छ । सोही समयमा आरकमको सेयर मूल्य १०० प्रतिशतसम्म बढेको थियो । मंगलबार दिउसोसम्म आरकमको सेयर मूल्य १.८१ प्रतिशत बढेर प्रतिकित्ता ३ करोड ७३ लाख भारुको सेयर किनबेच भएको छ ।

Share News