लण्डन । गैरआवासीय नेपाली संघ अमेरिका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् । वेलायतबाट संचालित नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्वसको अवसर पारेर उनलाई सो अवार्ड घोषणा गरिएको हो ।
जोशीलाई गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकको अवसर पारेर संघका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रुपमा सो अवार्डबाट सम्मान गरियो । नेपाल ब्रिटेन डट कमले वेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली मध्यवाट जोशीलाई चयन गरेको थियो ।
जोशीलाई सम्मान गर्दै संरक्षक जीवा लामिछानेले जोशीलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । उनले भने ‘गौरीजीको पौरख मेरो आखाँले देखेको छु नेपाल ब्रिटेन डट कमले जोशीलाई सो अवार्डबाट सम्मान गर्ने गरेको निर्णय साच्चिकै राम्रो हो’ । जोशी चितवनमा रहेको पुख्र्यौली जग्गा बेचेर उनी २१ वर्ष अघि पढाईको लागि अमेरिका पुगेका थिए । उनले सन् २००० मा टेक्सासको डालास युनिभरसीटीबाट इन्फरमेसन टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् ।
आईटी क्षेत्रमा लोकप्रिय कम्पनी ए टी एन्ड टीमा जागिर शुरु गरेका जोशीले सन २००७ मा व्यवसायीक गोरेटो तय गर्न सफल भएर भास्टिका नाम आईटी कम्पनी खोलेर विश्व आइटी बजारमा व्यवसाय शुरु गरेका थिए, अहिले भास्टिकाका करिव ५ हजार उत्पादनहरु बजारमा स्थापित छन्।
अमेरिकन, युरोपियन, बंगलादेशी, अफ्रिकन, वंगलादेशी, श्रीलंकाली मात्र होइन अष्टेलियाका नागरिकहरुलाई उनले काम दिएका छन् । उनका उत्पादनहरु अहिले एटी एन्ड टी, सिटी बैंक, अमेरिकन एयरलाइन देखी वर्ल्ड बैंकसम्म पुगेका छन्।