काठमाडौँ । शहीद शुक्र माध्यामिक विद्यालय पनि २०७२ सालको भुकम्पले कक्षा १ देखि ३ सम्म पढाई हुने भवन भसत्किएको थियो । यो विद्यालयमा हाल काठमाडौँ महानगरपलिकाको उपमेयर हरिप्रभा खड्गी ३ कार्यकालसम्म सदस्य रहेकी थिइन । उपमेयर भएपछि पनि विद्यालयको कार्यक्रममा आएर पुनःर्निमाणको बाचा गरेकी थिइन ।

तर विद्यालय पुनःर्निमाणको काम सुरुहुन सकेको छैन । विद्यालय कस्तो, कति कोठा र कहिलेसम्म निर्माण हुने भनेर अन्योल नै छ । विद्यालयकी प्रिन्सिपल भन्छीन “विद्यालयकलाई ५ वटा कक्षाकोठाको आवश्यकता छ । विद्यालयमा ल्याब र कक्षा संचलनल गर्न कोठा अपुग भएको छ । हामी महानगरपालिका जादा तँपाईको जिल्ला समन्य इकाईसँग गरेको पहिलेको सझैताको समय बाँकी छ । त्यसैले हामीले यसमा केहि गर्न सक्दैनै भन्छ ।”
“शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका जादा सझैताका समय सकियो भनिरहेको छ” उनले भनिन् “हामीले जिल्ला समन्य इकाईमा निवेदन पेस गरेका छौ । केहि दिनमा जिल्ला समन्य इकाईबाट निर्णय आउने छ ।”
शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका इमनारायण श्रेष्ठले भने “हामीले विद्यालय छान्ने हैन । जिल्ला समन्य इकाईले छानेको विद्यालयहरुमात्रै हामीले पुनःर्निमाण गरिरहेको छौ ।”
नेपालमै पहिलो पटक उच्च शिक्षाको सुरुवात गरेको काठमाडौंको घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनःर्निमार्ण अझै सुरु हुन सकेको छैन । ३वर्ष अघि भूकम्पबाट क्षति पुगेको घण्टाघरको पुनःर्निमाण हुन नसकेको हो ।
क्याम्पसका क्याम्पस प्रमुख प्रदिप न्यौपानका अनुसार क्याम्पसको पश्चिम भागको जल तथा मैसम विज्ञान विभागको भवनको माथिलो तलाको कोठाहरु भूकम्पपछि प्रयोगमा आउन सकेका छैन्न । हामीले एउटा समिती बनाएर पुनःर्निमाण कार्य सुरु गर्ने तयारीमा लागेका छौ । केहि दिनमा १३ जनाको समिति गठन हुन्छ । यो ठुलो पुनःर्निमाण भएकोले काम गर्न नसकेको उनको भनाई छ ।
पुर्निनर्माणका लागि थ्रिडी स्क्यानको माध्यमबाट जापानको कुमोनोज कम्पनीले रिपोट दिएको थियो । त्यो रिपोट क्याम्पसले पुरातत्व विभागमा लाने तयारी गरेको छ । घन्टाघर भन्दा पछाडी २० कोठाको भवन बनाउने सोच राखेको छ । थ्रिडी स्क्यानको माध्यमबाट भवनको अध्ययन गर्दा भित्रको भागमा पनि कति क्षति भएको छ भन्ने पनि थाहा हुन्छ ।