रोजिन टर्पेन्टाइन कत्थाको निकासीमा वृद्धि

<p>काठमाडौं। कैलाली भन्सार नाकाबाट आर्थिक वर्ष २०७४/७५ मा रु ७३ करोड ९३ लाख बराबरको रोजिन, टर्पेन्टाइन, कत्था र खैर कच्छ निकासी भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले गत आवमा कत्था एक लाख४३ हजार किलो, खैरकच्छ तीन लाख ९१ हजार किलो र रोजिन टर्पेन्टाइन आठ लाख एक हजार ४७० किलो निकासी भएकामा अघिल्लो आवमा [&hellip;]</p>

काठमाडौं। कैलाली भन्सार नाकाबाट आर्थिक वर्ष २०७४/७५ मा रु ७३ करोड ९३ लाख बराबरको रोजिन, टर्पेन्टाइन, कत्था र खैर कच्छ निकासी भएको छ ।

कैलाली भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले गत आवमा कत्था एक लाख४३ हजार किलो, खैरकच्छ तीन लाख ९१ हजार किलो र रोजिन टर्पेन्टाइन आठ लाख एक हजार ४७० किलो निकासी भएकामा अघिल्लो आवमा यो नाकाबाट रु ५२ करोड ६५ लाख मूल्य बराबरका यी वस्तु निकासी भएको जानकारी दिए।

भन्सार नाकाबाट आव २०७४।७५ मा रु १६ अर्ब ६२ करोड मूल्य बराबरका विभिन्न सामान पैठारी भएका थिए । पैठारी हुने मुख्य वस्तुमा डिजेल, पेट्रोल, ग्यास, बिस्कुट लगायतका छन् ।

पैठारी हुने वस्तुमध्ये पेट्रोलियम पर्दाले कूल राजश्व संकलनको ५० प्रतिशत, बिस्कुट सात प्रतिशत, कागज चार प्रतिशत र दालमोठ र पापड दुई दशमलव २१ प्रतिशत रहेको थियो ।

गत आव २०७४/७५ मा यो नाकाबाट चामलमात्रै रु ८७ करोड ८१ लाख मूल्य बराबरको १८ हजार ६०० मे टन पैठारी भएको छ । कार्यालयले गत आव २०७४/७५ रु तीन अर्ब ८७ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु चार अर्ब २१ करोड राजश्व संकलन गरेको छ । यो राजश्व संकलन लक्ष्यको तुलनामा आठ प्रतिशत बढी हो ।

Share News