काठमाडौं । सरकारले एक मन्त्रालय थप गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो। प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ ।

बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई अलग अलग बनाएको छ । कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।
हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल छन् । अब उनलाई कृषि तथा पशुपंक्षी, स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।