काठमाडौं । पुर्व क्रिकेटर इमरान खान पाकिस्ताका प्रधानमन्त्री बन्ने भएका छन् । हालै सम्पन्न निर्वाचनमा खानको पार्टी पीटिआईले प्रारम्भिक नतिजा अग्रता हासिल गरिरहेको छ ।

२७२ सिटको लागि भएको निर्वाचनमा पीटिआईले ११३ स्थानमा अग्रता हासिल गरिरहेको छ । पाकिस्तानको डन समाचार पत्रको अनुसार खानले अक्सर्फोड युनिभरसिटी पढेका हुन् ।
सन् १९९० मा विश्वकप क्रिकेट जिताउन महत्वपुर्ण भूमिका खेलेका खान १९९६ मा पहिलो पटक राजनितिमा आएका थिए । प्रारम्भिक नतिजा अनुसार दोस्रो स्थानमा ६४ स्थानमा अग्रता हासिल गर्दै पीएमल एन रहेको छ भने तेस्रो स्थानमा रहेको पीपीपीले ४३ स्थानमा अग्रता लिइरहेको छ ।
