प्राविधिकलाई नदेखाई विषादी छर्दा बालीमा रोगको प्रकोप अझै बढ्ने

<p>काठमाडौं। बालीमा समस्या देखिएपछि प्राविधिकलाई नदेखाई विषादी छर्दा किसानले एकथरी समस्या हुँदा अर्काेथरी उपचार गर्दै आएका छन्। अधिकांश किसानमा प्राविधिक कसैलाई पनि बिरुवा नदेखाई सिधै एग्रोभेटबाट विषादी किन्ने बानी रहेको बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धर बताउँछन्। एग्रोभेटले समस्या सुनेकै भरमा किसानलाई विषादी सिफारिश गर्दै आएका छन्। उनी भन्छन्, “पेट दुख्दा टाउको दुखेको [&hellip;]</p>

काठमाडौं। बालीमा समस्या देखिएपछि प्राविधिकलाई नदेखाई विषादी छर्दा किसानले एकथरी समस्या हुँदा अर्काेथरी उपचार गर्दै आएका छन्।

अधिकांश किसानमा प्राविधिक कसैलाई पनि बिरुवा नदेखाई सिधै एग्रोभेटबाट विषादी किन्ने बानी रहेको बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धर बताउँछन्।

एग्रोभेटले समस्या सुनेकै भरमा किसानलाई विषादी सिफारिश गर्दै आएका छन्। उनी भन्छन्, “पेट दुख्दा टाउको दुखेको औषधि खाए जस्तै बिरुवाले सही उपचार पाएका छैनन्।” एग्रोभेटबाट गलत विषादी हाल्दा सक्ने उनी बताउँछन्।

किसान आफन्त वा छिमेकीले गरेको देखेर वा सुनेकै भरमा विषादी छर्कने गरेका मानन्धर बताउँछन्। उहाँ भन्नुहुन्छ, “के रोग हो भन्ने वास्तविकता नै नबुझ्दा त्यसले समाधान निकाल्न सक्दैन।” रोग, किरा वा ढुसी के हो भन्ने समेत नजानी किसानले बालीमा विषादीको प्रयोग गर्ने गरेका छन्।

किसानमा जस्तोसुकै रोग वा समस्या देखिनासाथ हतारिएर विषादी प्रयोग गर्ने बानी छ । कतिपय रोग वा किराको समाधान विषादी प्रयोग नगरी जैविक तरिकाले गर्न सकिन्छ । उनी भन्छन्, “प्राविधिकको सल्लाहमा जैविक उपचार नहुँदा मात्रै बालीमा सही विषादीको ठीक परिमाणमा प्रयोग गर्न सकिन्छ।”

प्रयोगशालामा प्रयोग गरेर बालीमा भएको रोग वा किरा पत्ता लगाउन सकिन्छ। किसान बाली नष्ट भइसकेपछि मात्रै प्रयोगशाला पुग्ने गरेका छन् । एग्रोभेटले विषादी प्रयोग गर्दासमेत समस्या समाधान नभएपछि मात्रै प्रयोगशाला पठाउने गरेको उनले बताए। रासस

Share News