
एजेन्सी । भारतको सेयर बजारमा बुधबार १०० अंकको भारी गिरावट आएको छ । ठुला कम्पनीको सेयर मूल्यमा एकाएक गिरावट आएपछि बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सुचक १०० अंकले भारी गिरावट आएको हो । यो हालसम्मको ठुलो गिरावट भएको फाइनान्सियल एक्सप्रेसले जानकारी दिएको छ ।
ठुलो टेलिकम कम्पनी भारती एयरटेलको सेयर मूल्य ३ प्रतिशत घटेको छ । यस्तै अनिल अम्बानीको टेलिकम कम्पनीले १५ प्रतिशत कमाएको छ ।यस्तै उच्च सेयर मूल्य भएका टीसीएस, इन्फोसेज, आईसीआईसी बैंक र एसियन पेन्ट्सको सेयर भाउमा गिरावट आएको छ ।