काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक शिबलाल मल्लले राजिनामा दिएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक मल्लले दिएका राजिनामा स्वीकृत गरेको हो ।
मल्ल २०७१ साल ६ महिना १० गते यस विकास बैंकको सञ्चालकको पदमा नियुक्त भएका हुन् । ४ वर्षको लागि नियुक्त भएका मल्लले आफ्नो व्यक्तिगत कारणले गर्दा विकास बैंकको संचालक समितिको सदस्य पदबाट राजिनामा दिएका बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।