डोल्मा फण्डले नेपालमा १५० मेगावाट सौर्यऊर्जा उत्पादन गर्ने, २० अर्ब ल्याउन स्वीकृति पायो

<p>काठमाडौं । डोल्मा हिमालयन क्लाईमेट फन्ड (डीएचसीएफ) नेपालमा १५० मेगाावटको सौर्य ऊर्जा उत्पादन गर्ने भएको छ । लगानी बोर्डबाट २० अर्ब रुपैयाँ अर्थात २० करोड अमेरिकी डलर वैदेशिक लगानी गर्न स्वीकृति पाएको फण्डले सौर्य ऊर्जाका साथै २० मेगावाटको ब्याट्री भण्डारणको काम पनि गर्ने भएको छ । फण्डले शुक्रबार एक प्रेश विज्ञप्ति प्रकाशित गरी साँझको बिजुलीको [&hellip;]</p>

काठमाडौं । डोल्मा हिमालयन क्लाईमेट फन्ड (डीएचसीएफ) नेपालमा १५० मेगाावटको सौर्य ऊर्जा उत्पादन गर्ने भएको छ । लगानी बोर्डबाट २० अर्ब रुपैयाँ अर्थात २० करोड अमेरिकी डलर वैदेशिक लगानी गर्न स्वीकृति पाएको फण्डले सौर्य ऊर्जाका साथै २० मेगावाटको ब्याट्री भण्डारणको काम पनि गर्ने भएको छ ।

फण्डले शुक्रबार एक प्रेश विज्ञप्ति प्रकाशित गरी साँझको बिजुलीको माग पुरा गर्न नेपालमा सौर्य प्रविधिबाट ऊर्जा उत्पादन गर्न लागेको जानकारी दिएको छ । फण्डले सानिमा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको २८.१ मेगावाटको तल्लो लिखुमा समेत लगानी गरेको जानकारी दिएको छ ।

यस्तै कृषि र प्रविधिलगायत धेरै उत्पादनशील क्षेत्रमा लगानी गरेको फण्डले बताएको छ । नेपालमा लगानी गरेर ३ हजारलाई रोजगारी दिएको डोल्माले प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।

Share News