सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ २०अाैं वर्षमा, ३९१ जनाद्धारा रक्तदान

<p>काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २० औं वर्ष प्रवेशको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा आयोजित कार्यक्रममा ३९१ जनाले रक्तदान गरेको सहकारीको निर्देशक हेमराज दाहालले जानकारी दिए । सहकारीले ललितपुरको पुल्चोक र धापासी, काठमाडौंको कालिमाटी र भक्तपुरको गठ्ठाघर शाखाबाट बचत तथा ऋण सेवा प्रदान गर्दै आएको [&hellip;]</p>

काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २० औं वर्ष प्रवेशको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा आयोजित कार्यक्रममा ३९१ जनाले रक्तदान गरेको सहकारीको निर्देशक हेमराज दाहालले जानकारी दिए ।

सहकारीले ललितपुरको पुल्चोक र धापासी, काठमाडौंको कालिमाटी र भक्तपुरको गठ्ठाघर शाखाबाट बचत तथा ऋण सेवा प्रदान गर्दै आएको छ ।

१९ वर्षअघि सहकारीमार्फत व्यवसायिक कारोबार थालेको सुमेरु समूहले हाल सुमेरु अस्पताल, सुमेरु डाइनोष्टिक, सुमेरु मेडिकल कलेज, सुमेरु मनि एक्सचेन्ज, सुमेरु प्रिन्टिङ हाउस, सुमेरु योग व्यायामशाला, सुमेरु इन्भेष्टमेन्ट एण्ड रेमिट्यान्स, सुमेरु हाउजिङ एण्ड डेभलपमेन्ट क्षेत्रमा लगानी गरी सेवा विस्तार गरेको छ ।

Share News