चन्द्रसिंह साउद नेप्से फर्किए

<p>काठमाडौं । चन्द्रसिंह साउद नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) फर्किएका छन् । साउदले शुक्रबारदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन् । अदालतको आदेश बमोजिम आफनो पुर्नवहाली भएको साउदले जानकारी दिए । गत आइतबार सर्वोच्च अदालतले आइतबार पुर्नवहालीका लागि आदेश दिएपछि विवाद भएको थियो । नेप्सेका अध्यक्षले केही दिन पर्खनु भनेपछि ढिलाइ भनेको उनले [&hellip;]</p>

काठमाडौं । चन्द्रसिंह साउद नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) फर्किएका छन् । साउदले शुक्रबारदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन् ।

अदालतको आदेश बमोजिम आफनो पुर्नवहाली भएको साउदले जानकारी दिए । गत आइतबार सर्वोच्च अदालतले आइतबार पुर्नवहालीका लागि आदेश दिएपछि विवाद भएको थियो ।

नेप्सेका अध्यक्षले केही दिन पर्खनु भनेपछि ढिलाइ भनेको उनले बताए । देउवा सरकारले उनलाई गत असोज २४ गते ४ वर्षका लागि नियुक्त गरेको थियो । सरकारले उनलाई हटाएर अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई सीईओ बनाइएको थियाे ।

Share News