
काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । आयल मार्केटिङ कम्पनीहरुले पेट्रेलको भाउ ६ पैसा घटाएका छन् । यस्तै डिजेलको भाउ १२ पैसा घटेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
नयाँ दरअनुसार राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य लिटरको ७६ रुपैयाँ ७८ पैसा र डिजेलको ६८ रुपैयाँ ३५ पैसामा झरेको छ । सरकार स्वामित्वका इण्डियन आयल कर्पोरेशन, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियमले पेट्रोलियमको मूल्यमा समायोजन गरिसकेका छन् ।
भारतको इण्डियन आयलबाट पेट्रोलियम खरिद गर्ने भएकाले त्यहाँ घट्दा नेपालमा पनि कमी आउने गरेको छ । नेपाल आयल निगमले प्रत्येक महिनाको १ र १५ गते मूल्य समायोजन गर्दै आएको छ ।