५ किलो सुनको ट्रफ्री फ्रान्स कि क्रोयोसियाको ? अर्जेन्टिनाकै रेफ्रीले देखाएका थिए जिदानेलाई रातो कार्ड

<p>काठमाडौं । फुटबल महाकुम्भको अन्तिम दिन फ्रान्स र क्रोयोसिया भिड्ने तयारीमा छन् । दास्रो विश्वयुद्धपछि लोकप्रिय बन्दै गैरहेको फुटबल खेलले एउटा युद्धकै काम गरिरहेको छ । यसमा कि जित कि हार स्वीकार गर्नुको विकल्प छैन । ४ वर्षमा आउने यस पर्व एक पक्षलाई रुवाउने छ भने अर्को पक्षलाई हसाउने छ । फ्रान्स २०१६ को युरो [&hellip;]</p>

काठमाडौं । फुटबल महाकुम्भको अन्तिम दिन फ्रान्स र क्रोयोसिया भिड्ने तयारीमा छन् । दास्रो विश्वयुद्धपछि लोकप्रिय बन्दै गैरहेको फुटबल खेलले एउटा युद्धकै काम गरिरहेको छ । यसमा कि जित कि हार स्वीकार गर्नुको विकल्प छैन ।

४ वर्षमा आउने यस पर्व एक पक्षलाई रुवाउने छ भने अर्को पक्षलाई हसाउने छ । फ्रान्स २०१६ को युरो कपको हारको पिडा बिर्सिने दाउमा छ भने क्रोयोसिया स्वर्णिम अक्षरले इतिहास लेख्ने तयारीमा रहेको छ । युवा खेलाडीले भरिएको फ्रान्स र टीमवर्कमा निकै राम्रो देखिएको क निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिन्छ ।

युवा खेलाडीले भरिएको फ्रान्स

फ्रान्सका मुख्य प्रशिक्षक डिडर देशच्याम्पले युवा खेलाडीलाई काउन्टर अट्याक र डिफेन्सिभमै जोड दिइरहेका छन् । अघिल्लो पंक्तिमा ओलिभर जिरोर्ड र केलियन एम्बाप्पेलाई राखिएको छ भने मिडफिल्डमा ग्रीजम्यान, पाउल पोग्बा, कान्टे, माटुडी रहेका छन् । डिफेन्स लाइनमा सामुयल उमटीटी निकै शसक्त देखिएका छन् । फ्रान्सलाई फाइनल पुर्याउन बेल्जियम विरुद्ध महत्पुर्ण गोल गरेका उमटीटी सबैभन्दा भरपर्दा डिफेन्डर हुन् ।

क्रोयोसियाको तिब्र गतिको आक्रामक खेल

क्रोयोसियाका प्रशिक्षक जाल्टको डालिकको खेलाउने शैलि सफल हुदैं आएको छ । क्रोयोसियाको खेल हेर्दा यस्तो देखिन्छ कि सबै खेलाडीहरु बराबर क्षमतामा खेल खेलिरहेका छन् । उच्च गतिमा फुटबल खेल्ने क्षमता भएको क्रोयोसियन टोलीले आजको खेलमा सम्भवत बल पोजिसन बढी राख्नेछ । पेनाल्टी क्षेत्रभन्दा बाहिरबाटै राम्रो सुट प्रहार गर्न सक्ने लुका मोड्रिक र अवसर पाउदा गल्ति नगरी गोल गर्न सक्ने इभान राकेटिक मुख्य खेलाडी हुन् । मिडफिल्ड बढी प्रभावशाली देखिएपनि क्रोयोसियाको समग्र टी सन्तुलित देखिएको छ । मैदानमा फ्रान्सको टोली भन्दा क्रोयोसियका खेलाडीहरुले बढी संघर्ष गरेर आएका छन् । रसियालाई ट्राइबेकरमा हराएको क्रोयोसियाले फाइनलमा स्थान बनाउन १ सय २५ मिनेट इंग्ल्यान्डसँग सघर्ष गर्नु परेको थियो ।

अर्जेन्टिनाकै रेफ्रिले जिदानलाई रातो कार्ड दर्शाएका थिए

सन् २००६ को फाइनलमा इटाली र फ्रान्स खेलिरहँदा म्याच रेफ्री अर्जेन्टिनाका होरासियो इलिजोन्डो रहेका थिए । खेलमा फ्रेन्च स्ट्राइकर जिनेदिन जिदानले इटालिका मार्को माटराजीलाई टाउकोले छातीमा हानेपछि होरासियोले उनलाई सिधै रातो कार्ड दर्शाएका थिए ।

१० खेलाडीमा सिमित फ्रान्सलाई इटालिले ट्राइबेकरमा ५-३ गोल अन्तरले हराएको यिथो । संयोगबस आज हुने फाइनल खेलमा पनि मुख्य रेफ्रीको भुमिकामा अर्जेन्टिनाका निस्टोर पिटना सहित ३ जना रहेका छन् ।

‘मेरो अन्तिम शब्द, यो राम्रो समय हो साथी’: डालिक

पहिलो पटक फाइनलमा पुगेको क्रोयोसियन टोलीले कप उचाले मात्र सार्थकता पाउनेछ । किनभने इतिहास जित्नेको लेखिन्छ हार्नेको होइन । प्रशिक्षक डालिकले आफ्ना खेलाडीहरुलाई मेरो अन्तिम शब्द यो राम्रो समय हो साथी भनेका छन् ।

उनले स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै डालिकले भने-‘मलाई अझै विश्वास लागिरहेको छैन, कि हामी फाइनलमा आइपुगेका छौं । मैले कहिल्यै सोसेको थिइँन यो यात्रा तर म भन्न चाहान्छु मेरा साथीहरु, खेलाडीहरु यो समय धेरै राम्रो समय हो । मेरा खेलाडीहरु तिमीहरु अझ धेरै रमाइलो गर । मोड्रिक र राकेटिक जस्ता खेलाडीहरुलाई प्रशिक्षण गर्न पाउनु मेरा लागि भाग्यको कुरा हो । उनीहरु महान खेलाडी हुन् । मेरा खेलाडीहरुले मेरो योजनालाई राम्रोसँग मैदानमा उतारिरहेका छन् ।’

चर्चा मोड्रिक र एम्बाप्पेको

दुई स्ट्राइकर लुका मोड्रिक र केलियन एम्बाप्पेको चर्चा चुलिएको छ । रियल म्यड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आइरहेका मोड्रिकले उच्च गतिमा दोडन सक्ने र टाढाबाटै शक्तिशाली प्रहार गर्न सक्ने उनको मुख्य विशेषता हो । उनले फाइनल खेल जिते गोल्डेन बलको दाबेदार समेत हुनेछन् । जिएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका १९ वर्षिय केलियन उम्बाप्पेले विश्वकपमा ३ गोल गरिसकेका छन् । उत्कृष्ट ड्रिबल सहित तिब्र गतिमा दौडन सक्ने एम्बप्पे उत्कृष्ट युवा खेलाडीको रुपमा आफुलाई प्रमाणित गरिसकेका छन् ।

परिक्षा भन्ने बित्तिकै जुनसुकै मान्छे एक पटक डराउँछ भने झै विश्वकप फाइजनल खेलमा कुनै पनि खेलाडीले क्षमताको सय प्रतिशत खेल देखाउन सक्दैन । दुई देशका खेलाडीहरुको तुलना गर्ने हो भने फ्रेन्च खेलाडी केहि माथिल्ला स्तरमा रहेका छन् । पाउल पोग्बा, एन्टोनी ग्रीजम्यान, एम्बाप्पे, डेम्बेले उमटीटी, कान्टे माटुडी विश्व फुबलमा मुल्यवान खेलाडीन्हरु हुन् । क्रोयोसियाका मान्जुकी, इभान राकेटिक र मोड्रिक उच्च स्तरका खेलाडी हुन् । यदि फ्रान्सले पहिलेकै रणनीतिमा खेलाडी मैदान उतारे बल पोजिसन नराखी फ्रान्सले काउन्टर एट्याकमा ध्यान दिनेछ । यता क्रोयोसियाले बल पोजिसन बनाउँदै तिब्र गतिको फुटबल देखाउने छ ।

फाइनल खेल हार्न एउटै गल्ती प्रयाप्त हुन सक्छ । पहिले गोल खाने टीमलाई खेलमा पर्किन निकै कठिन हुनेछ । किनकि सबै विश्व च्याम्पियन बन्न खेलिरहका हुन्छन् ।

Share News