
काठमाडौँ — कान्तिपुर पब्लिकेशन्सले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त गरेको छ ।
पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरेका हुन्। उनले प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
स्थापनाकालदेखि नै कान्तिपुरसँग रहेका वाग्ले ५ वर्ष सम्पादकको जिम्मेबारी सम्हालेर बाहिरिएका थिए । शर्माका साथै सम्पादक हरिबहादुर थापाले पनि राजिनामा दिएका छन् ।