
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेल र गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई नहटाउन अन्तिरम आदेश दिएको छ । न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।
शेरबहादुर देउवा सरकारका पालमा नियुक्त दुबैजानालाई शुक्रबार सर्वोच्चले नहटाउन आदेश दिएको हो । देउवा नेतृत्वको सरकारको पालामा नियुक्त भएकालाई ओली सरकारको हटाउने सरकारको निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइरहेको छ । न्यायाधीश श्रेष्ठको इजलासले साउन १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
बिहीबार पनि सर्वोच्चले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र कर्जा सुरक्षण निगमको अध्यक्ष विष्णु मिश्रलाई हटाउने निर्णय कार्यन्वयन नगर्ने आदेश दिएको थियो ।