काठमाडौं । सरकार रोजगार दाता र मजदुर युनियनका प्रतिनिधीबीच न्युनतम पारिश्रमिक निर्धारणकोे विषयमा भएको सहमतिमा हस्ताक्षर नहुँदै विवाद भएको छ । सहमति बारे श्रम मन्त्रालयमा जानकारी दिन आयोजना गर्न लागिएको पत्रकार सम्मेलन विवादकै कारण २ घण्टा ढिला भइसकेको छ ।
सरकार, रोजगार दाता र ट्रेड यूनियनबीच भएको सहमतिमा चिया उत्पादक लगायत व्यवसायीक क्षेत्रबाट विरोध भएको छ । चिया उत्पादक संघले सहमति पत्रमा हस्ताक्षर गर्न असहमति जनाएको छ । त्यस्तै गरी जिल्ला उद्योग वाणिज्य संघहरुले पनि महासंघको नेतृत्वलाई उक्त सहमतिमा हस्ताक्षर नगर्न दवाव दिइरहेका छन् ।
उद्योग वाणिज्य महासंको पदाधिकारी बैठकले न्युनतम पारिश्रमिक १२ हजार ५०० भन्दा बढी नगर्न अख्तियारी दिएको थियो । तर महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल र सदस्य भरत आचार्यको टोलीले म्याण्डेट विपरित १३ हजार ४५० मा सहमति जनाएको भन्दै महासंघ भित्रै उनीहरुको आलोचना शुरु भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रबलजंग पाण्डेले जिल्ला उद्योग बाणिज्य संघका प्रतिनिधीहरुले न्युनतम १३ हजार ४ सय ५० रुपैंयाँ पारिश्रमिक दिने सम्झौतामा हस्ताक्षर नगर्न केन्द्रलाई दबाव दिईरहेका छन् । जिल्ला जिल्लाबाट महासंघ नेतृत्वलाई सहमति पत्रमा हस्ताक्षन नगर्न दबाव आएको हो ।