काठमाडौं । आइतबारको सेयर बजारमा ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २ करोड रुपैयाँ बढी हो । बिहीबारको बजारमा ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
दिनभर उतारचढाव आएको आइतबारको बजारमा १६८ कम्पनीको १२ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६३ रुपैयाँ रहेको छ ।
समग्रमा आइतबारको नेप्से परिसूचक सामान्य ०.०२ अंकले घटेर १२२४ अंकमा झरेको छ । झिनो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी बीमा समूह २३ अंकले घटेका छन् । होटल ४१, उत्पादनमूलक ३० र अन्य समूह १.३५ अंकले उकालो लागेका छन् भने बाँकी कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् ।